बुटवल,११ पुुस ।
जाजरकोटकाे नायकवडा आसपास केन्द्र भएर भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटकाे नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो ।

४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।

जाजरकोटसहित छिमेकी जिल्लाहरूमा समेत भुकम्पकाे धक्का महसुुस भएको जनाइएको छ ।

भुकम्पबाट भएको क्षति बारे अहिलेसम्म कुनै बिवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।