Share this News on Social Networking Pages

पाेखरा,९ पुस ।
कास्कीको पाेखरा स्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वप्रदेश सभा सदस्य मिना गुरुङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी मिना गुरुङ र आरती गुरुङलाई पक्राउ गरिएको कास्कीका एसपी श्यामबावु ओलियाले जानकारी दिए ।

पोखरा महानगरपालिका–१२ रानीपौवा निवासी मिना गुरुङ नेकपा एमालेबाट निर्वाचित गण्डकी प्रदेशकी पुर्ब प्रदेश सभा सदस्य हुन् । ६३ वर्षीया गुरुङ सूर्यदर्शनको सञ्चालक समितिको पूर्वउपाध्यक्ष पनि हुन् ।

पोखरा महानगरपालिका–२७ घर भएर चिप्लेढुंगा बस्ने आरती गुरुङ सूर्यदर्शनको पूर्वकोषाध्यक्ष हुन् । ४६ वर्षीय आरतीलाई पनि पहरीले पोखराबाट पक्राउ गरेको हो । उनीहरू सूर्यदर्शन सहकारीको पूरक अभियोग पत्रमा फरार प्रतिवादी थिए । बुधबार उनीहरूलाई अदालतमा उपस्थित गराइने एसपी ओलियाले बताए ।

सूर्यदर्शनको रकम अपचलनबारे कास्की जिल्ला अदालतमा आराेपिहरूकाे बयान भइरहेको छ । यसअघि पक्राउ परेका ५ जना मध्ये पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ भने लिला पछाईंको बयान सुरु भएको कास्की जिल्ला अदालतले जनाएको छ ।