काठमाडौँ,८ पुस ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्ब गृहमन्त्री रवि लामिछानेको हिरासतमा सुतेको अवस्थाको फोटो सार्वजनिक गरेकाे अभियाेगमा अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
सहकारी ठगी, संगठीत अपराध एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछाने थुनुवा कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेको उनी आफैले स्वीकार गरेका थिए ।
भुसाललाई आइतबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि भुसाललाई सोमबार पोखरा पठाउने प्रहरीले तयारी गरेको छ ।
भुसालले लामिछानेको उक्त फोटो आफूले प्रहरीको सीसीटीभीबाट खिचेको यसअघिनै स्वीकार गरेका छन् ।





