काठमाडौं,४ पुस ।
मनाङको नेस्याङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भुकम्पबाट भएको क्षति बारे अहिलेसम्म कुनै जानकारी नआएको मनाङ प्रहरीले जनाएको छ ।
यसअघि बुधबार बझाङको धामेना केन्द्र बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
पछिल्लो समय नेपालमा सानातिना भुकम्प जानेक्रम जारी रहेको छ ।