काठमाडौँ,१ पुस ।
काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिईएको छ ।

काठमाडौं महानगरपालिकका संस्थापक मेयर तथा पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको थियो ।

केही दिन अघि मात्र उनलाई महानगरपालिकाले विशेष सम्मान गरेको थियो । आजै उनको अन्त्यष्टी गर्ने कार्यक्रम रहेको छ । उनको पहलमा २०५२ मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा गरिएको थियो ।