काठमाडौ,३० मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका कार्यवहाक अध्यक्ष माधब कल्पित पनि शनिबारदेखि अस्पताल भर्ना भएका छन् ।

उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको अभियानका केन्द्रिय सचिवालय सदस्य रमेश कटुवालले जानकारी दिए ।

आमरण अनसनका क्रममा उनको स्वास्थ्यमा समस्या आएपछि वनलाइ अप्रेसनका लागि शनिवार मेडिकल कलेज भर्ना गरिएको थियो । उनको आइतवार बिहान ९ बजेदेखि लगभग ४ घण्टा मृगौलाकाे अपरेसन भएको वनकी श्रीमती सुजना खतिवडाले बताइन् । लामो ओपारेसन पछि उनको कुसल अपरेसन भएको र साझ ३ बजे होसमा आएको अभियानका केन्द्रिय सचिवालय सदस्य ओम प्रकाश लुइँटेलले जानकारी दिए ।

अभियानका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईं पक्राउ परेपछि सम्भावित बिराेध प्रदर्शनलाई मत्थर पार्न कल्पित लगायतका अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

आफुलाई बिनाकारण पक्राउ गरेको भन्दै कल्पित पक्राउ परकै दिनदेखि प्रहरी हिरासतमै आमरण अनशन बसेका थिए ।

साेहि क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिएकाे अभियानले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका अभियानका संयोजक प्रसाईंकाे पनि स्वास्थ्य अवस्था खराब भएपछि साेही मेडिकल कलेजमा उपचार भइरहेको छ ।