बुटवल,२७ मंसिर ।
देशकै अब्बल विद्यालयको रुपमा पहिचान बनाएको बुटवलको कालिका मानावज्ञान माविले ६४ औ बार्षिकाेत्सव तथा अभिभावक दिवस सप्ताहब्यापी कार्यक्रमकाे आयोजना गरी मनाउने भएको छ ।

बार्षिकाेत्सवकाे अवसरमा आगामी पुस २ गतेदेखि ७ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिता सहितका कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी बार्षिकाेत्सव कार्यक्रमकाे तयारी बारे जानकारी गराएको हो ।

बार्षिकाेत्सवकाे अवसरमा कालिका जिल्ला स्तरिय रनिङ्गशिल्ड खेलकुद प्रतियोगीता सहित विविध सास्कृतीक कार्यक्रम, साहित्यीक कार्यक्रम, प्रर्दशनी कार्यक्रम आयोजना गरिएकाे विद्यालयले जनाएको छ ।

प्रधानाध्यापक दिनेश थापाले बार्षिक उत्सवतथा अभिभावक दिवसको विविध कार्यक्रम बारे जानकारी गराएका हुन ।

पुस २ गते बार्षिक उत्सव तथा अभिावक दिवस तथा जिल्ला स्तरिय खेलकुद प्रतियोगीता सुरुवात हुने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।

सेक्टर १ कालिकानगरमा प्रदेशका पुर्व मुख्यमन्त्री तथा सांसाद लिला गिरीले कार्यक्रम सुभारम्भ गर्ने कार्यतालिका तय गरिएको उनलेे बताए । सोही दिन ६ हजार विद्यार्थीसहितको पीटी प्रर्दशन, आर्कषण कला प्रर्दउशनी, खेलाडीहरुको झाकी प्रर्दशनी, मार्चपास सहित कार्यक्रम रहेका छन् ।

पुस २ गते देखि ५ गते सम्म जिल्ला स्तरिय छात्र छात्रा भलिवल प्रतियोगीता, कबड्डी प्रतियोगीता, एथ्लेटिक्स प्रतियोगीता १००, २००, ४००, ८००, १५ मिटर छात्रछात्रा दौड प्रतियोगीता, रिले दौड तर्फ ४ बाई ४००, ४बाई १०० छात्र छात्रा दौड प्रतियोगीता आयोजन गरिएको पनि प्रधानाध्यापक थापाले बताए ।

प्रधानाध्यापक थापाका अनुसार बार्षिकाेत्सवकाे अवसरमा आयाेजित भलिबल, कबड्डी, एथलेटिक्स बिजेता टिमलाई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिनेछ ।खेलहरु विद्यालयको सेक्टर १ कालिकानगर र सेक्टर २ रामनगरमा सञ्चालन गरिनेछ । पुस ४ गते शेर बहादुर गुरुङ्ग जिल्ला स्तरीय कविता प्रतियोगिता (सेक्टर १ कालिकानगर)मा आयोजना हुने छन् ।
यस्तै पुष ४ गते कालिका गायन तारा प्रतियोगिता “मन्दिरा गलामी स्मृती कालिका गायन तारा २०८१”(सेक्टर १ कालिकानगर) आयोजना गरिने विद्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगर को मुख्य आतिथ्यतामा पुष ६ गते स्व.अरुण पौडेल स्मृती ५००० मीटर दौड प्रतियोगिता,(सेक्टर १ कालिकानगर) विविध छात्रबृत्ति अक्षयकोष वितरण(सेक्टर २ रामनगर) मा आयोजना गरिने जनाइएको छ । यस्तै पुस पुष ७ गते विज्ञान, प्रविधि तथा पुस्तक प्रदर्शनी, मूल समारोह (सेक्टर १ कालिकानगर) मा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य को प्रमुख अतिथ्यतामा कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कालिका मानवज्ञान मावि वि.स. २०६७ सालदेखि नगर स्तरिय र २०७८ सालदेखि जिल्ला स्तरिय खेल प्रतियोगिता शुरु गरेको इतिहास छ । वि.सं. २०७६ सालमा १४÷१४ ओटा स्वर्ण, कास्य र रजत पदक, वि.सं. २०७८ मा आइपुग्दा १६÷१६ पदक, २०७९ मा २४÷२४ र हाल आएर ३२÷३२ पदकमा खेलहरु सञ्चालन गर्दै लगेको छ । वि.सं. २०७६ सालमा यस विधा अन्तर्गत २२ ओटा विद्यालय, वि.सं. २०७८ मा ३२ ओटा विद्यालय, वि.सं. २०७९ मा ४९ ओटा विद्यालय, २०८० सालमा २७ ओटा विद्यालय संलग्न भएकाे विद्यालयले जनाएको छ ।

प्राज्ञिक तथा शैक्षिक क्षेत्रमा मात्र नभई विद्यालयले खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत महत्वपूर्ण उपलब्धि हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदकहरु जिती राष्ट्रको गरिमा उँचो गराउने अब्बल खेलाडीहरु समेत उत्पादन गर्न सफल भएको छ । यहाँ उत्पादिन खेलाडीहरुले “बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता” मा विभिन्न विधाहरु जस्तै कबड्डीमा राहुल अर्याल र दिपेश यादवले स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । यसै गरी गण्डकी प्रदेशमा सञ्चालित “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता” मा यस विद्यालयका सलिम देवानले एथलेटिक्सको लङ्जम्प तर्पm आप्mनो नाममा नयाँ रेकर्ड बनाउँदै स्वर्ण पदक प्राप्त गरेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले सबैको साथ र सहयोगबाट कालिका ले देशमै सर्वोच्चस्थान प्राप्तगर्न सफल भएको बताए ।

उनले कालिका मानवज्ञान मा.वि.को ६४ औँ वार्षिकोत्सव एबम् अभिभावक दिवस २०८१ यहि पुस २ देखि ७ गतेसम्म विभिन्न कार्यक्रममा पत्रकारिता क्षेत्रबाट सक्रिय रुपमा सहभागीता जनाउन समेत आग्रह गरे ।