पाेखरा,२७ मंसिर ।
सहकारी ठगी लगायतका मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।
कास्की प्रहरीले लामिछानेलाई थप ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेस गरेको भए पनि अदालतले ५ दिन मात्रै म्याद थपेको हो ।
सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गरिरहेको छ ।
उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।