काठमाडौं,२७ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पुगेर पराजित गरेको छ ।

सुपर ओभरमा पोखराले १८ रन बनाएको थियो । १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्र बनाएपछि पोखरा विजयी भएकाे हाे ।