काठमाडौं,२६ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपिएल) बाट लुम्बिनी बाहिरिएको छ ।
बुधबार काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग चरणबाट बाहिरिएको हो ।
लुम्बिनी एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । लुम्बिनीको ६ खेलमध्ये ५ मा हार र १ मा जित सहित २ अंकमा सिमित भएको छ ।
यो हारसँगै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेकाे छ ।
लुम्बिनी यसअघि विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।





