बुटवल,२४ मंसिर ।
लुम्बिनी विकास काेषका पदाधिकारी र श्रीलंकाका पत्रकारहरूबीच लुम्बिनीको पर्यटन प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी भ्रमणमा आएकाे श्रीलंकाका पत्रकारहरूकाे टाेलीले लुम्बिनीकाे विकासका बारेमा चासाे राखेका थिए ।

त्यस अवसरमा लुम्बिनी विकास काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनी विकास काेषकाे आयाेजनामा बाैद्धमार्गी वाहुल्य देशका पत्रकारहरूसँग गाेष्ठी गर्ने याेजना रहेकाे जानकारी दिए । उनले लुम्बिनी मात्रै नभएर तिलाैराकाेट रामग्राम देवदह लगायत बाैद्ध क्षेत्रहरूकाे भ्रमण गर्न आग्रह गरे ।

लुम्बिनी विकास काेषका सदस्य सचिव सानुराजा शाक्यले वृहत् लुम्बिनी क्षेत्रमा भएकाे विकास निर्माण र संरक्षणका कार्यहरूकाे बारेमा जानकारी गरनएका थिए । उनले सञ्चारमाध्यमले बुद्ध शिक्षा युवाहरूमाझ पुर्याउनु पर्ने बताए । लुम्बिनी विकास काेषका वरिष्ठ निर्देशक ज्ञानिन राईले लुम्बिनी विकास काेषले भाैतिक संरचना निर्माण मात्रै नभई पुरातात्त्विक क्षेत्रकाे संरक्षणकाे काम पनि गरिरहेकाे बताए । उनले लुम्बिनीकाे प्रचारप्रसारमा याेगदान दिएकाेमा पत्रकारहरूलाई धन्यवाद दिए ।

कार्यक्रममा विकास काेषका कार्यकारी सदस्य श्याम राेक्का, राजकीय विहारका संरक्षक सागर भन्ते, लुम्बिनी विकास काेषका सुचना शाखा प्रमुख डा.हरिध्वज राई वरिष्ठ पुरातत्त्वविद हिमाल उप्रेती लगायत विकास काेषका अधिकारीहरू र श्रीलंकाका पत्रकारहरूकाे सहभागीता रहेकाे काेषले जनाएको छ ।