काठमाडौं,२३ मंसिर ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन बैद्य निर्वाचित भएका छन्र ।
आज साँझ सम्पन्न एकता महाधिवेशनले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो ।
राजधानी काठमाडौ स्थित किर्तिपुरमा जारी एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरी महासचिव कार्यकारी हुने बिधान पारित गर्दै सम्पन्न भएको हो ।
महाधिवेसनको बन्द सत्रमा वैद्यलाई अर्का नेता सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए भने हेमन्तप्रकाश ओलीले समर्थन जनाएका थिए । लगत्तै हलमा प्रस्ताव गरे पछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन ।
महासचिव वैद्य अब कम्तिमा पाँच वर्ष सो पार्टीको नेतृत्वमा रहनेछन् । सो महाधिवेसनले ११७ सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन पारित गरेको साे पार्टीले जनाएको छ ।