काठमाडौं,२३ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंविरुछ आइतबार ३ दिन म्याद थप भएको ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

साइबर अपराध सम्बन्धि मुद्दाको अनुसन्धानका लागि भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध गुन्डा नाइकेकाे नामबाट ब्यवसायीलाई धम्क्याएकाे आराेपमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएकाे भन्दै उनीविरुद्ध आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।

साइबर ब्यूरोले प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनी अफवाह फैलाएको आराेपमा अनुसन्धान भइरहेको छ ।