पोखरा,२३ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ ।
कास्की जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पुर्व उपप्रधान तथा गृह मन्त्री लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
उनी सो अनुसन्धानमा कास्कीमा रहेको १ महिना २० दिन भइसकेको छ ।