बुटवल,२२ मंसिर ।
राष्ट्रिय जनमुक्ति पार्टी (साविक) का महासचिव रामु परियार लाई पार्टीले पदीय जिम्मेवारीबाट मुक्त गरेको छ ।

पार्टीको छैठौं राष्ट्रिय महाधिवेशन (धरान, सुनसरी) बाट महासचिव जस्तो गरीमामय जिम्मेवारी पाएका परियारले शुरुका दिनदेखि नै पार्टीमा गैरसांगठनिक (अराजक) आचरणमा निरन्तरता दिँदै आएको केन्द्रीय अनुशासन विभागले जनाएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय अनुशासन विभागले राम बहादुर परियारको गतिविधि बारे नजिकबाट निगरानी राख्दै आएको र केन्द्रीय सचिवालयमा कारवाहीको लागि पटक पटक सिफारिस गरेको पनि सच्िन सक्ने “शंकाको लाभ” पार्टीे नेतृत्वले दिँदै आएकोमा हालैका दिनमा निज परियारबाट गरिएको गतिविधिलाई पार्टीले गम्भीर रूपमा लिएको केन्द्रीय नेताहरुले बताएका छन् ।

महासचिव जस्तो पदमा रहेका परियारले पार्टीे जीवनमा गम्भीर खलल पुग्ने गतिविधि सञ्चालन गरेकोमा निजलाई अविलम्ब कारवाहीको लागि केन्द्रीय अनुशासन विभागले पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशी समक्ष सिफारिस गरे अनुसार पार्टीको पदीय जि्मेवारीबाट मुक्त गरिएको जनाइएको छ ।

आगामी पौष महिनापछि हुने पार्टीको विस्तारित बैठकले थप निर्णय गर्ने गरी पार्टीका तीन महासचिव मध्ये एक राम बहादुर परियार (रामु) लाई पदीय जिम्मेवारीबाट निलम्बन गरिएको पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंसीद्वारा जारी सर्कुलरमा उल्लेख छ ।

केन्द्रीय अनुशासन विभागका प्रमुख (पार्टीे उपाध्यक्ष हाजी डा. मोहम्मद हसन) ले निज राम ब. परियार “अधिकारका लागि पुनर्जागरण अभियान” को आवरणमा नेकपा माओवादी पार्टीमा प्रवेश गर्ने गरी मुख्य पहलकर्ताको भूमिकामा गतिविधि गरेको पुष्टी भएको बताए । राम बहादुर परियारको गतिविधिको गम्भीरता प्रति ध्यानाकर्षण गर्दै विभागका प्रमुख हसनले रामु परियारलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी तत्काल कारवाही गर्नुपर्ने निष्कर्ष रहेको बताए ।