काठमाडौ,२२ मंसिर ।
विद्युतीय कारोबार सम्बन्धि अपराधकाे अनुसन्धानका लागि थुनामा रहेका राष्ट्र राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईँसँग भेट गर्न गएको राष्ट्रिय मानवअधिकार आयाेगकाे टाेलिलाई प्रहरीले फर्काइदिएकाे छ ।
स्वास्थ्यमा समस्या आएपछि हाल काठमाडौ मेडिकल कलेजमा उपचाररत प्रसाईंकाे स्वास्थ्य अवस्था बुझ्न शुक्रबार अस्पताल पुगेको राष्ट्रिय मानव अधिकार आयोगका मानवअधिकार अधिकृत खिमानन्द बस्याल नेतृत्वकाे टोलीलाई प्रहरीले प्रसाईंसँग भेट गर्न नदिई फर्काइदिएकाे अभियानले जनाएको छ ।
सिंहदरवार प्रहरी वृत्तकाे हिरासत फोहोर भएका कारण घाटिमा संक्रमण भएकाले सर्वोच्च अदालतले प्रसाईंलाई उचित उपचारको ब्यवस्था गर्न आदेश दिएसंगै उपचारकालागी मिति ०८१/०८/०४ गते हरिसिधी क्यान्सर अस्पतालमा केहीदिनकाे उपचारपछि थप उपचारकालागि मिति २०८१/०८/१९ गते काठमाडौ मेडिकल कलेज, सिनामंगलमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
क्यान्सर जस्तो संवेदनशील रोगको बिरामीलाई उपचारको व्यवस्था भएता पनि सिआईबिले प्रहरीको कडा घेराबन्दीमा राखेको समाचार सार्वजनिक भएपछि उनको स्वास्थ्य उपचारकाे व्यवस्थापन र अन्य बिषयमा सोधपुछकालागि काठमाडौ मेडिकल कलेज पुगेको मानवअधिकार आयोगकाे टोलीलाई सिआईबिले प्रसाईंसँग भेट गर्न नदिई फर्काइदिएकाे अभियानका रूपन्देही संयोजक शंकर काेइरालाले जानकारी दिए ।
काठमाडौ मेडिकल कलेजको चाैथाे तल्लामाथीकाे क्याबिनमा उपचाररत दुर्गा प्रसाइलाइ भेटगर्न नदिएपछि क्याबिन बाहिर बाहिर रहेका प्रहरी र राष्ट्रिय मानव अधिकार आयोगकाे टोली बिच करिब ४० मिनेट जति भनाभन भएको अभियानले जनाएको छ ।
आयोगले जुनसुकै परिस्थितिमा पनि स्वतन्त्र पुर्बक छानबिन तथा अनुसंधान गर्नु पाउने अधिकार रहेको राष्ट्रिय मानव अधिकार आयोगका टोली प्रमुख खिमानन्द बस्यालकाे भनाइ छ ।





