काठमाडौं,२० मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं बिरूद्व गुन्डा नाइके विश्नोईको नाममा धम्क्याएको आरोपमा पनि प्रहरीले मुद्दा चलाउने भएको छ ।

भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रसाईंविरुद्ध प्रहरीका काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरे ।

यसअघि प्रसाईंकै निर्देशनमा धम्क्याएको भन्दै झापाका हरिचन्द्र फुयाँललाई सीआईबीले पक्राउ गरेको थियो । फुयाँलले प्रसाईंकै निर्देशनमा धम्क्याएको भन्ने बयान दिएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार फुयाँल र प्रसाईंबीच १०० पटकभन्दा बढी फोन कल भएको देखिएको छ ।

प्रसाईंकाे सचिवालयले भने उक्त आराेप अस्वीकार गरेको छ ।
अभियानका क्रममा जाे सुकैसँग पनि सम्पर्क हुनसक्ने भन्दै अभियानले गु्न्डा नाइकेकाे नाउँमा कसैलाई नधम्क्याएकाे दाबी गरेको छ ।