काठमाडौ,१९ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।
चितवनको साहारा सहकारीकाे बचत रकम अपचलन सम्बन्धमा चितवन स्थित सरकारी वकिलको कार्यालयमा बयान जारी रहेका बेला लामिछाने बिरूद्व आज पर्सामा पनि पक्राउ पुर्जी जारी भएको हो ।

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज पर्सामा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । रविका तत्कालीन व्यावसायिक साझेदार जिबी राई संचालक रहेको उक्त सहकारीका ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको आरोप छ ।

लामिछानेमाथि कास्कीको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ । सहारा सहकारीको घोटालाबारे हिजोदेखि जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा उनको बयान चलिरहेको छ ।