बुटवल,१९ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले फिल्डिङ राेजेका हुन्
प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । यस्तै, विराटनगरको भने यो तेस्रो खेल हो ।
विराटनगर आज पहिलो जितको खोजीमा छ । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।





