हेटौंडा,१९ मंसिर ।
शौचालयमा लडेर हेटौँडामा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राई रहेका छन् ।
लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको मनवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।





