काठमाडौ,१८ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका का बा अध्यक्ष माधव कल्पित रिहा भएका छन् ।
आठ दिन अघि राजधानी काठमाडौंकाे सिंहदरबार क्षेत्रबाट पक्राउ परेका कल्पित आज अपरान्ह जिल्ला प्रशासन कार्यालय काठमाडौकाे आदेशमा रिहा भएका हुन् ।
पक्राउ परेकै दिनदेखि काठमाडौ प्रहरीको हिरासतमा पानी समेत नपिइ अनशनमा बसेका कल्पितकाे स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना भएका थिए ।
सुरूमा सिआइबीले साेधपुछका लागि भनेर पक्राउ गरेका कल्पितलाई साइबर अपराध सम्बन्धि अनुसन्धानकाे पक्राउ पुर्जी थमाइएकाे र २४ घन्टापछि अभद्र ब्यवहार काे पक्राउ पुर्जी थमाउदै हिरासदमा राखिएकाे अभियानले जनाएको छ ।





