काठमाडौ,१८ मंसिर ।
नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईलाई भारतीय खुङखार ग्याङ स्टार लॉरेंस बिश्नोईसँग सम्बन्ध रहेको देखाएर फसाउने षड्यन्त्र गरिएको अभियानले दाबी गरेको छ ।
संयोजक प्रसाईंकाे लॉरेंस बिश्नोईसँग कुनै किसिमको सम्बन्ध नरहेको भन्दै अभियानले लॉरेंस बिश्नोईसँग सम्बन्ध रहेको देखाए र सरकारले प्रसाईंलाई फसाउने षड्यन्त्र गरेको दाबी गरेको छ ।
लॉरेंस बिश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुँयाल विरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान चलिरहेको छ ।
तर उनीसँग नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईको सम्पर्क कतैबाट नभएकाे दाबी गर्दै अभियानले दुर्गा प्रसाइलाइ हरिचन्द्र फुँयालसंग जबरजस्ती जोडेर फसाउने खेलो चलिरहेको जनाएको छ ।
प्रसाई र हरिचन्द्र फुँयालबीच त्यस्तो चिनजान र उनीहरुबीच भेटघाट समेत नभएको भन्दै उनको सचिवालयले महाअभियानका क्रममा जो कोहीले फोन गर्न सक्ने र सामान्य आर्थिक सहयोग माग्ने गरेको उल्लेख गरेको छ ।





