काठमाडौं,१८ मंसिर ।
सहकारी ठगी प्रकरणकाे अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज बिहान प्रहरीले जहाजमार्फत चितवन लगेको हो ।
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई प्रहरीले पोखराबाट काठमाडौं ल्याएको थियो । लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हिजो बयान सकिएको थियो ।
काठमाडौंमा बयान सकिएसँगै उनलाई चितवन लगिएको हो। उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृतिसमेत दिइसकेको छ । उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।





