काठमाडौ,१५ मंसिर ।
आफुलाई बिनाकारण पक्राउ गरिएको भन्दै प्रहरी हिरासतमै पानी समेत नपिई अनशनमा बसेका राष्ट्र राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका कार्यबाहक अध्यक्ष मादव कलपितलाई अस्पताल भर्ना गरिएको छ ।
यही मंसिर ११ गते सिंहदरवार परिसरबाट पक्राउ परेका कल्पित आफुलाई बिना कारण गैरकानुनी रूपमा पक्राउ गरेको भन्दै पक्राउ परेकै दिनदेखि पानी समेत नपिई अनशनमा बसेकाे र उनको स्वास्थ्य अवस्था चिन्ताजनक भएकोले उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको अभियानका रूपन्देही अध्यक्ष शंकर काेइरालाले जानकारी दिए ।
उनकाे पक्राउ नेपालको संविधानमा उल्लेखित नागरिककाे मौलिक हक र अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धि हक बिपरितकाे कार्य भएको अभियानले जनाएको छ ।
पाँच दिनदेखि प्रहरी हिरासतमै पानी समेत नपिई अनशन बसेका कारण उनको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै अभियानले जिवनरक्षाकाे माग समेत गरेको छ ।





