काठमाडौ,१४ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँगै पक्राउ परेका ९ जना अभियन्ताहरू आज रिहा भएका छन् ।
यही मंसिर ४ गते भक्तपुर स्थित लुर्गा प्रसाईंको निवासबाट पक्राउ परेका अभियन्ताहरू जिल्ला प्रशासन कार्यालय भक्तपुरकाे आदेशमा शुक्रबार रिहा भएको अभियानका रूपन्देही जिल्ला अध्यक्ष शंकर काेइरालाले जानकारी दिए ।
रिहा हुनेहरूमा अभियानका केन्द्रीय सदस्य ओम लैटेल,कोशी प्रदेश संयोजक देबि संगौला,अभियन्ता राजु पनेरुलगाएत ९ जना रहेका छन् ।
रिहा भएसँगै उनिहरूले दुर्गा प्रसाईंकाे रिहाइ र सरकार बिराेधि नाराबाजी गरेका थिए ।
प्रसाईंसँगै पक्राउ परेका उनिहरू जिल्ला प्रहरी कार्यालय भक्तपुरको हिरासतमा रहेका थिए ।
आफुसँगै पक्राउ परेका ९ जना अभियन्ता थुनामुक्त भए पनि प्रसाईंलाई भने थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
साइबर अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका प्रसाईंमाथि लिखत किर्ते र सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्दामा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





