काठमाडौँ,१२ मंसिर ।
नेपाल विद्युत् प्राधिकरणले तत्काल उद्योगहरूको बिजुली नकाट्ने भएको छ । बुधवार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले तत्कालका लागि उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको हो ।
विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न निर्देशन दिएपछि बोर्डले यस्तो निर्णय गरेको बताइएको छ ।
बोर्डले गरेको उक्त निर्णयप्रति दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका छन् ।
नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने राय दिएको छ ।
उद्योगहरूले बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले एक महिनाअघि बिजुलीकाे लाइन काटिदिएको थियो ।





