काठमाडौँ,११ मंसिर ।
संविधानअनुसार बन्न बाँकी रहेका कानुनहरूकाे बारेमा अध्ययन गर्न संसदीय उपसमिति गठन भएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति अन्तर्गत सो उपसमिति गठन भएको हो । मङ्गलवार सिंहदरबारमा बसेको बैठकले सांसद डा.वेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय उप समिति गठन गरेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

सो उपसमितिलाई संविधानअनुसार बन्न बाँकी कानुनहरूको संसदमा ल्याउन भनी दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने कार्यदेश दिईएको छ ।

समितिको सदस्यमा एमालेबाट गोपाल भट्टराई, कांग्रेसबाट विष्णुदेवि पुडासैनी,माओवादी केन्द्रबाट गंगाकुमारी वेल्वासे र जसपा नेपालबाट मृगेन्द्रकुमार सिंह यादव सदस्य रहेका छन् । सो समितिको म्याद एक महिना अर्थात् पुस ११ गतेसम्म तोकिएको छ ।