काठमाडौं,११ मंसिर ।
कम्प्युटर प्रणालीमा देखिएको समस्याका कारण अवरुद्ध भएको राहदानी सेवा पुनः सुचारु भएको छ ।
विभागले सूचना जारी गरी सोमबार साँझदेखि सेवा
पूर्णरूपमा सञ्चालनमा आएको जानकारी गराएको हो ।
सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाएको जनाइएको छ ।
यसैगरी जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवाविस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले मंगलबारदेखि परीक्षण शुरु गरिने सूचनामा उल्लेख छ । यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन शुरु गरिएको सूचनामा जनाइएको छ ।
‘सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्य गरिरहेको छ’, विभागद्वारा जारी सूचनामा उल्लेख छ ।





