बुटवल,१० मंसिर ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति तथा नागरिक बचाउ महाअभियान अब अदालतकाे आशामा बस्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूकाे ज्यादती,मुलुकमा ब्याप्त भ्रष्टाचार,अनियमितता बिरूद्व आन्दोलनको घाेषणा गरेको अभियानका संयोजक प्रसाईंलाई साइबर अपराध मुद्दामा प्रहरीले पक्राउ गरेपछि अदालतले न्याय दिनेमा बिश्वस्त हुदै वडा हुँदै टोल टोलमा संगठन बिस्तार गर्न अभियन्ताहरूलाई आह्वान गरेको छ ।
अभियानका कार्यबाहक अध्यक्ष माधव कल्पितले आज एक प्रेस विज्ञप्ति जारी गरी देशमा ब्याप्त भ्रष्टाचार,अनियमितता,दण्डहीनता,बैंक तथा वित्तीय संस्थाहरूकाे ज्यादतीका बिरूद्व भुइमान्छेकाे पक्षमा आवाज उठाउदै आएका अभियानका संयोजक दुर्गा प्रसाईंलाई बिनाकारण पक्राउ गरी प्रहरी हिरासतमा राखेको भन्दै अदालतले न्याय दिने आशामा रहेको जनाएको हो ।
सरकार र राजनीतिक दल प्रति जनताको आशा र भराेसा टुट्नुका साथै आक्राेस पैदा भएको उल्लेख गर्दै विज्ञप्तिमा अब एकमात्र आशाको केन्द्र न्यायालय रहेको जनाइएको छ ।
अन्याय,अत्याचार,महंगी,भ्रष्टाचार,बिकृती बिसङ्गतीका बिरूद्व सरकारलाई खबरदारी गर्दै गरिब,सर्वहारा तथा भुइमान्छेकाे जिवन रक्षाका लागि आवाज उठाउदै आएका कारण अभियानका संयोजक दुर्गा प्रसाईं सहित दर्जनाै अभियन्ताहरूलाई सरकारले धरपकड गरी थुनामा राखेको भन्दै विज्ञप्तिमा सरकारको उक्त कार्यकाे जति भ्रत्सर्न गरे पनि नपुग्ने उल्लेख गरिएको छ ।
यतिबेला सरकारमाथि आम नेपाली जनताको आशा,भराेसा र बिश्वास मरिसकेको र पार्टीहरू प्रति घृणा,क्राेध र ब्यापक नैरास्यता छाएको भन्दै विज्ञप्तिमा कहि कतै बिश्वास अडेको छ भने त्यो सम्मानित न्यायालय मात्रै रहेको जनाइएको छ ।
न्यायालय कसैको दबाब र प्रभावमा न्याय नमर्ने बिश्वास ब्यक्त गर्दै विज्ञप्तिमा केन्द्र,अञ्चल,जिल्ला,पालिका,वडा हुँदै टोल टोलमा संगठन बिस्तार अभियन्ताहरूलाई आह्वान गरिएको छ ।






