काठमाडौं,१० मंसिर ।
काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई इमेल र हुलाकमार्फत जरिवाना पत्र पठाएको छ ।

एमालेले भौतिक रुपमा जरिवाना पत्र बुझ्न अस्विकार गरे पछि महानगरपालिकाले आज हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो । हिजो एमाले मुख्यालय पुगेको महानगरको टोलीको पत्र एमालेले बुझ्न अस्वीकार गरेको थियो ।

जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको थियो ।

दरबारमार्गमा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई १ लाख जरिवाना ताेकेकाे हो । तर, एमालेले त्यसलाइ स्टन्डबाजी भनेर अस्विकार गर्दै आएको छ ।