बुटवल,१० मंसिर ।
सँस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री अरुणकुमार चौधरीले साेमबार बुद्वजन्मस्थल लुम्बिनीकाे अवलाेकन गरेका छन् ।
मायादेवि मन्दिरकाे भ्रमणसंगै मन्त्रि चाैधरीले मार्कन स्टाेन, अशाेक स्तम्भ, पुष्करणी ताल,पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको बारेमा जानकारी लिएका हुन् ।
मन्त्री चाैधरीले पुरातात्त्विक क्षेत्रकाे संरक्षणकाे बिषयमा चासाे राख्दै लुम्बिनीमा आध्यात्मिक वातावरण निर्माण गर्न लाग्नु पर्नेमा जाेड दिए ।
यसअघि राज्यमन्त्री चाैधरीलाई लुम्बिनी विकास काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले स्वागत गरेका थिए ।
राज्यमन्त्री भएपछि पहिलाे पटक लुम्बिनी आएका चाैधरीलाई उपाध्यक्ष डा. लामासंगै काेषाध्यक्ष ढुण्डिराज भट्टराई, बाेर्ड सदस्य श्याम राेका, याेजना प्रुमुख स्मिता भट्ट,बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सुचना अधिकृत राजन बस्नेत लगायतले स्वागत गरेकाे काेषले जनाएको छ ।
उक्त अवसरमा उपाध्यक्ष डा. लामाले बृहत लुम्बिनी क्षेत्रमा भइरहेकाे पुरातात्त्विक क्षेत्रकाे संरक्षण र अन्य कार्य प्रगतिकाे जानकारी गराएका थिए । सरकारले नितिगत निर्णय गर्न सके लुम्बिनीमा पैसाकाे अभाव नहुने उपाध्यक्ष लामाले बताए ।
यस्तै काेषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीमा पर्यटककाे संख्या वढिरहेकाे जानकारी गराए ।






