काठमाडौं,१० मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन । क्यानका अनुसार सिद्धार्थ बैङ्क एनपीएल ट्रफी धरहराबाट सार्वजनिक भएको हो ।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओली, क्यानका पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । नेपाल प्रिमियर लिग मङ्सिर १५ देखी २५ सम्म काठमाडौंमा हुँदै छ ।