बुटवल,८ मंसिर ।
गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीस्थित नवनिर्मित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) मा पुजामा सरिक भइ पुर्व राजा ज्ञानेन्द्र शुक्रबार बेलुका राजधानी काठमाडौं फर्किएका छन् ।

शुक्रबारै उद्द्घाटन गरिएको विहारमा निर्मित हजार बुद्व मन्दिरमा पुजामा सरिक हुन पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार बिहान भैरहवा हुदै लुम्बिनी पुगेका थिए । पूर्वराजा शाहलाई बौद्ध गुरु छोकी निमा रिन्पोछेले स्वागत गर्दै पूजामा सरिक गराएका थिए ।

पूजामा सहभागी भएपछि शाह शुक्रबार नै काठमाडौं फर्किएका छन् । बिहान करिब ११ बजे चाटर्ड विमानबाट आएका शाहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुले स्वागत गरेका थिए ।