काठमाडौ,७ मंसिर ।
दुर्गा प्रसाईं लगायतका अभियन्ताहरू पक्राउका बाबजुद पनि राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले
शुक्रबार राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ ।
पुर्व निर्धारित कार्यक्रम अनुसार प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले
शुक्रबार राजधानी काठमाडौंकाे काेटेश्वरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनसँगै आयोजित सभालाई सम्बाेधन गर्दै अभियानका केन्द्रीय अभियन्ता प्रेम थापालगायतले भुई मान्छेकाे पक्षमा आवाज उठाउने दुर्गा प्रसाईं लगायतका अभियन्तालाई थुनेर सरकारले जनताको माैलिक हक हनन् गरेकाे भन्दै एउटा दुर्गालाई थुन्दैमा अभियान नराेकिने चेतावनी दिए ।
सरकार बिराेधि प्रदर्शनमा सहभागी हुन देशभरबाट अभियन्ताहरू काठमाडौ पुगेका थिए ।





