बुटवल,७ मंसिर ।
गाैतमबुद्वकाे जन्मस्थल लुम्बिनी स्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर ) को उद्घाटन भएको छ ।

कानिङ सेडुव लिङ गुम्बा संगठन तथा विकास कोष परिवारले निर्माण गरेको गुम्बाको शुक्रबार एक समारोहका विच उद्घाटन गरिएको लुम्बिनी विकास काेषले जनाएको छ ।

बौद्ध गुरु छोकी निमा रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे)ले गुम्बाको औपचारीक उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बाैद्ध गुरु निमा रिन्पोछेले देश ता विदेशका चन्दादाताहरुको सहयोगबाट हजारबुद्धको महाविहार निर्माण भएको भन्दै अब यसको संरक्षण सबैले गर्नुपर्नेमा जाेड दिए । बुद्ध भगवानको
जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा निकै खुशी लागेको बताउँदै उनलेे आफूहरुलाई पूजाको वातावरण बनाइदिन आग्रह गरे । यस्तै उद्घाटन कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा ण्खेन्पो छिमे) ले लुम्बिनीमा ठूलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीहरुका लागि गौरव भएको बताए । उनले परमपुज्य गुरु निमा रिन्पोछेंले लुम्बिनीमा गुम्बा निर्माण गरेर बुद्ध दर्शनको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए । ‘यो गुम्बा राज्यले नै निर्माण गर्नुपर्ने थियो, रिन्पोछें र विश्वका सहयोगदाताहरुले निर्माण गरेर बुद्ध दर्शनको अध्ययनमा ठूलो योगदान गर्र्नछ’ उनले भने ।

यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा विहारहरु निर्माण हुने कुराले बौद्ध पर्यटनमा ठूलो टेवा पु¥याउने बताए ।

विहारको उदघाटन लगत्तैको पुजामा पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थिती थियो । पूर्व राजा शाहलाई छोकी निमा रिन्पोछेले स्वागत गर्दै पूजामा सरिक गराएका थिए ।