काठमाडौँ,६ मंसिर ।
ग्रेटर नेपालका अभियानका संयोजक फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाललाई बिहीबार दिउँसो काठमाडौंको शान्तिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । हाल राजधानी काठमाडौंमा रहेका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झन्डा देखाउनसक्ने सम्भावनालाई मध्यनजर गरी उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीका अनुसार, नेपाललाई तत्कालला लागि होल्ड मात्र गरिएको हो ।





