हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

बुटवल,६ मंसिर ।
पूर्व राजा ज्ञानेन्द्र शाह भाेली शुक्रबार लुम्बिनी जाने भएका छन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी आउन लागेको पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको छ ।

बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरमा शुक्रबार हुने पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको संवाद सचिव डा फणीराज पाठकले जानकारी दिए ।