काठमाडौँ,५ मंसिर ।
काठमाडौंको माइतीघरमा प्रहरी र सहकारी पीडितबीच झडप भएको छ ।

थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोक्न खोजेपछि झडप भएको हो । झडपमा एक जनाको टाउको फुटेको छ भने अन्य केही प्रदर्शनकारी घाइते भएका छन् ।

सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए ।

माइतीघर नजिकै आइपुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो ।