काठमाडौं,४ मंसिर ।
सामाजिक सन्जालमार्फत् अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रसाईको घर घेरा हालेर त्यहाँ रहेका सबैजनालाई पक्राउ गरेको उनी निकट स्रोतले जनाएको छ ।

केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरेका छन् ।

‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं । थप अनुसन्धान गर्छौं,’ उनले भने, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं ।’

प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको पुष्टि भएको भन्दै एक भिडियो सामाजिक संजालमा पोस्ट गरिएको थियो ।