धादिङ,४ मंसिर ।
नवलपरासीबाट चामल बोकेर काठमाडाैंंतर्फ जादै गरेकाे लु २ ख ३५० नम्बरको मलावाहक ट्रक पृथ्वीराजमार्ग अन्रतर्गत धादिङको बेनिघाट रोराङग गाउँपालिका-१० स्थित हुग्दीखोला नजिकैबाट त्रिुशली नदीमा खसेको छ ।

दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए ।

ट्रक नदिमा देखिएकाे छ । चामल भने सबै नष्ट भएकाे प्रहरीले जनाएको छ ।