बुटवल,२८ कार्तिक ।
बुटवलमा “पोषण मार्फत जीवन रुपान्तरण “परियोजना अन्तर्गत स्वास्थ्यकर्मीरुको लागि शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम बुधबार सम्पन्न भएको छ ।
तालिममा स्वास्थ्य कार्यालय रूपन्देहीका पाेषण फाेकल पर्सन तथा खाेप सुपरभाइजर टीकाराम अधिकारी,बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, सेतो गुराँस वालविकास सेवा रुपन्देहीका कार्यक्रम संयोजक मिनु पुन श्रेष्ठ,हेलेन केलर बाट प्रशिक्षण जितेन्द्र कोहार लगायतले छुट्टाछुट्टै बिषयमा प्रशिक्षण दिएका थिए ।
बालबालिकालाई कुपोषण हुनबाट जाेगाउन र भएका बालबालिकाकाे उचित उपचार सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूका लागि पुनर्ताजगी तालिम आयोजना गरिएको
बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी गराए ।
यस किसिमको तालिम बुटवलका सबै स्वास्थ्य स्वयंसेविकाहरूलाई दिने योजना रहेको उनले बताए ।
तालिममा बुटवल उपमहानगरपालिकामा कार्यरत सामुदायिक परिचालकहरु, बुटवलका बिभिन्न शहरी स्वास्थ्य केन्द्र एवं स्वास्थ्य संंस्थामा कार्यरत ४० बढी स्वास्थ्यकर्मीहरूकाे सहभागिता रहेकोे बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मीन प्रसाद खनालले जानकारी दिए ।
स्वास्थ्य कार्यालय रूपन्देहीसँगकाे समन्वय र सेतो गुराँस
बालविकास कार्यालयकाे सहकार्यमा आयाेजित तालिमको मंगलबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले शभारम्भ गरेका थिए ।








