पाेखरा,२५ कार्तिक ।
सहकारी ठगी प्रकरण र संगठित अपराध मुद्दाको छानबिनका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार १३ दिन अनुसन्धानका लागि अदालतबाट म्याद थप भएको छ ।
लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका थिए । यसअघि उनलाई तीनपल्ट म्याद थप गरेर प्रहरीले अनुसन्धान जारी राखेको छ ।






