बुटवल,२४ कार्तिक ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले बुटवल स्वास्थ्यको हव वन्दै गएको बताएका छन् । शिक्षासंगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हव वन्दै गएको उनलेे बताए ।

शनिबार बुटवल स्थित बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै सभामुख घर्तीले अब बुटवल वाट विरामी अन्यत्र जान नपर्ने बिश्वास ब्यक्त गरे ।

निजि क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रा.लि. सबै हिसाबले उपयुक्त वनेको भन्दै उनलेे सरकारी अस्पताल निर्माण गर्दा पनि यसवाट सिक्नु पर्ने बताए । बुटवल प्रा.लि.ले स्वास्थ्यमा एउटा ईट्टा थपेको उनको भनाइ थियो । बुटवलवाट रिफर भएर भारत तथा काठमाडौ जाने विरामीहरुले धेरै दुखः र हैरानीका साथै ठगिएको गुनासो आउने गरेको भन्दै उनलेे बुटवल हस्पिटल प्रा.लि.मा आएपछि विरामी हरहालतले उपचार पाउने नागरिकमा विश्वास जगाउनुपर्नेमा जाेड दिए ।

सो अवसरमा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुटवल हस्पिटल धेरै हिसावले उपयुक्त बनेको भन्दै यसले अझै आफुलाई स्पेसल हुने गरि फोकस गर्नु पर्ने बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले सभामुख र पुर्वमन्त्रीलाई स्वागत गर्दै हस्पिटल वनेपनि यसको दिगो पनका लागि सबैको सहयोग आवस्यक पर्ने बताए । सो अवसरमा समितिका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन पाण्डे अस्पतालका निर्देशक डा कृष्ण खनाल लगायतको सहभागिता रहेको अस्पतालले जनाएको छ ।