चितवन,२३ कार्तिक ।
चितवनको नारायणघाट मुङ्लिङ सडक खण्डमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

मुङ्लिङबाट नारायणघाटतर्फ आउँदै गरेको इलेक्ट्रिक हायस र नारायणघाटबाट मुङलिनतिर जाँदै गरेको बस आज बिहान ३ बजे सत्रकिलाे भन्ने ठाउँमा आपसमा ठाेक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा छ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा गोरखा आरुघाटमा ४१ वर्षीय राजबहादुर गुरुङको परिचय खुलेको र अन्य तीन जनाको सनाखत भैनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

घाइतेहरुलाई उपचारको लागि भरतपुर अस्पताल ल्याइएको छ । हायसका चालकको उपचार भैरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।