बझाङ,१८ कार्तिक ।
अरिंगालले चिलेर बझाङमा दिदी-भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा थलारा गाउँपालिका –२ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खाती छन् । उनीहरू दिदी-भाइ हुन् ।
बझाङ प्रहरीका अनुसार अरिंगालले चिलेर ७ वर्षीया सुमी खाती, उनीहरूका आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा घाइते भएका छन् । उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा भेटिएको अरिंगालले उनीहरूलाई चिलेको हो ।
उपचारको क्रममा बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिए ।








