काठमाडौं,१५ कार्तिक ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ ।

बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

भाउ घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४७.५, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ छ ।

पेट्रोल,एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको छ ।