नवलपरासी,१४ कार्तिक ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सम्बद्ध जनसांस्कृतिककर्मीहरुले नवलपरासीमा प्रोत्साहन सांस्कृतिक परिवार गठन गरेका छन् ।

जनकलाकार मुक्तमाया महतो(निता)को संयोजकत्वमा गठित सांस्कृतिक परिवारको सह संयोजकमा राम प्रसाद अर्गेजा, सदस्यहरुमा बिभास नेपाल, वर्षा दर्जी, सन्जिदा नेपाल, दिपेश पान्डेय, सुहाना अर्गेजा लगायत रहेको प्रोत्साहन सांस्कृतिक परिवारको संयोजक महतोले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

प्रोत्साहन सांस्कृतिक परिवारले जनयुद्ध र परिवर्तनको पक्षमा बिगतमा गरेको योगदानको स्मरण गर्दै जनवादी संस्कृतिको बिकासमा टेवा पुर्याउने बिज्ञप्तिमा उल्लेख छ ।

प्रोत्साहन सांस्कृतिक परिवार नवलपरासी तत्कालीन माओवादी जनयुद्धको बेला निकै सक्रिय जनकलाकारहरुको जिल्लास्तरीय समुह हो । क्रान्तिकारी माओवादी,नेकपा(बहुमत) र नेकपा(मशाल) बीचको एकता पछि सांस्कृतिक समूह एकता भएको प्रोत्साहन सांस्कृतिक परिवारले जनाएको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ सङ्ग आवद्व परिवारले जिल्ला बृहत रुपमा कार्यक्रम गर्ने समेत जनाइएको छ ।