काठमाडौ,१२ कार्तिक ।
यस बर्षकाे भाइटीकाको साइत कार्तिक १८ गते आइतबार विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अनुसार त्यस दिन बिहान ११ बजेर ३७ मिनेट भाइटीकाका लागि उत्तम साइत छ ।
१४ गते काग तिहार, १५ गते कुकर तिहार परेको छ । त्यही दिन साँझ लक्ष्मीपूजा हुनेछ ।
१६ गते औंशी छ भने १७ गते शनिबार गाई गोरु तिहार परेको पाञ्चाङ्ग निर्णायक समितिले बताएको छ ।






