काठमाडौँ,११ कार्तिक ।
दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
गएराति ११ः३० बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।
भुकम्पकाे क्षति बारे अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन ।





