बुटवल,९ कात्तिक ।
गृह मन्त्रालयले रूपन्देहीसहित एकसाथ ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । रूपन्देहीसहित मन्त्रालयले एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको हो ।
विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत सहसचिव, उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ भने रुपन्देहीमा बासुदेव घिमिरेलाई पठाइएको छ ।
दिनशेसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
त्यस्तै पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलाई गृहमन्त्रालयमा सरूवा गरिएको छ भने पाल्पामा ताेयनारायण सुवेदीलाई पठाइएको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई पाचथरकाे सहायक प्रजिअकाे रूपमा पठाइएको छ भने तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमलाई गुल्मीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
त्यस्तै रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याललाई इलाका प्रशासन कार्यालय बुटवलमा सरूवा गरिएको छ भने इलाका प्रशासन कार्यालय बुटवलका उपसचिव माेहनराज रेग्मीलाई डाेटीकाे प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
काे काहँ हेर्नुस्, सूची







